पाकिस्तान – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो कब्जामा रहेका भारतीय पाइलटलाई शुक्रबार रिहा गरिने जानकारी दिएका छन्।
प्रधानमन्त्री खानले संसदको संयुक्तसत्रलाई सम्बोधन गर्दै भारतीय पक्षसँग वार्ताको पहल भइरहेको जानकारी दिएका छन्।
खानले भने, ‘हामीलाई डर थियो कि चुनावलाई लक्षित गरी केही न केही नहोस्, जसलाई भारतमा चुनावका लागि प्रयोग गरियोस्, भयो त्यस्तै म भन्छु –पुलवामा आक्रमणमा भारतकै हात थियो, तर, आधा घण्टामै हामीमाथि आरोप लगाइयो।’
भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्धमान पाकिस्तानी सेनाले भारतीय लडाकू विमान खसाउँदा पक्राउ परेका थिए।