काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। निर्वाचन समितिका अनुसार कुल ७ हजार ४३ मत खसेकोमा हालसम्म २ हजार २३१ मत गणना गरिएको छ।
हालसम्मको मतपरिणाममा खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन्। समावेशी उपसभापतिमा विनोदकुमार चौधरी अगाडि छन्। यस्तै, खुला महामन्त्रीतर्फ उदयशमशेर राणा र महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ले बढी मत प्राप्त गरेका छन्।
उपसभापति (खुला) — दुई जना निर्वाचित हुने
-
डा. चन्द्रकान्त भण्डारी — १,०५७ मत
-
ई. मधु आचार्य — ७१२ मत
-
सुरेन्द्रराज पाण्डे — ६८० मत
-
गोविन्द भट्टराई — ६०९ मत
-
धनराज गुरुङ — ४०६ मत
-
दीपक गिरी — ३०१ मत
-
प्रा. डा. चन्द्रमोहन यादव — १९३ मत
उपसभापति (समावेशी) — एक जना निर्वाचित हुने
महामन्त्री (खुला) — दुई जना निर्वाचित हुने
महामन्त्री (महिला) — एक जना निर्वाचित हुने