काठमाडौं । प्रधानमन्त्री र गृहमन्त्रीलाई लक्षित गर्दै आपत्तिजनक तथा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
झापाबाट काठमाडौं फर्किएका प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। विमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्न खोजेपछि सुरक्षाकर्मीले उनलाई रोकेका थिए। पत्रकार सम्मेलन गर्न रोक लगाएपछि प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अपशब्द प्रयोग गरेको प्रहरीले जनाएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध अमर्यादित र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनलाई नियन्त्रणमा लिइएको हो।