काठमाडौं ।जग्गासम्बन्धी विवादमा आफ्नै भाइलाई कालोमोसो दल्ने एक व्यक्तिलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१ टेम्पोपार्कका ६७ वर्षीय लक्ष्मणप्रसाद शर्मा रहेका छन्। प्रहरीले दिएको जानकारीअनुसार उनले मंगलबार बिहान करिब ८ः५५ बजे आफ्नै भाइ ६३ वर्षीय नारायणप्रसाद शर्मालाई जग्गाको विषयलाई लिएर कालोमोसो दलेका थिए।घटनाको जानकारी पाएपछि प्रहरी चौकी बाङ्गेसिमलबाट प्रहरी सहायक निरीक्षक टिकाराम थापाको नेतृत्वमा खटिएको टोलीले लक्ष्मणप्रसादलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।