काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतका विद्यार्थीहरूले विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका छन्।
केही कलेजलाई होम सेन्टर तोकिएको विषयमा असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले परीक्षा प्रणालीमा सुधारको माग गरेका छन्। उनीहरूले परीक्षा नतिजा प्रकाशनमा भइरहेको ढिलाइ अन्त्य गरी समयमै नतिजा सार्वजनिक गर्नुपर्ने बताएका छन्।त्यस्तै, परीक्षा दिन छुटेका वा अवसर नपाएका विद्यार्थीका लागि चान्स परीक्षा सञ्चालन गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।विद्यार्थीहरूले आफ्ना माग सम्बोधन गर्न CTEVT गम्भीर बन्नुपर्ने भन्दै प्रदर्शनमार्फत दबाब दिएका छन्। माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत विद्यार्थीहरूले दिएका छन्।