काठमाडौं । नौबहिनी गाउँपालिका–३ सिद्धाथान एराबाङस्थित काईया राष्ट्रिय वन क्षेत्रमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला परेको छ।
स्याउलाले छोपेर लुकाइएको अवस्थामा ३ थान साबुत भरुवा बन्दुक, ३ थान नाल र थप ३ थान भरुवा बन्दुक गरी कुल ९ थान हतियार फेला परेको हो।फेला परेका सबै हतियार सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। घटनामा संलग्न व्यक्तिको पहिचान तथा हतियार जंगलमा राखिनुको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।