काठमाडौं ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित बतासे डाँडामा खाद्यान्न बोकेको मिनी ट्रक दुर्घटनामा परेको छ।
बिहीबार बिहान करिब ६ बजे हेटौंडाबाट भिमफेदी–कुलेखानी हुँदै काठमाडौं आउँदै गरेको प्र।०३–०१–००३ नम्बरको ट्रक सडकबाट करिब सय मिटर तल खसेर दुर्घटनामा परेको हो।दुर्घटनामा ट्रक चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ का २६ वर्षीय पुष्पराज भुजेल घाइते भएका छन्। उनको निधार, दाहिने हातलगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।दुर्घटनापछि ट्रकका सहचालक सोही ठाउँका २१ वर्षीय रमेश विक भने सम्पर्कमा आएका छैनन्। दुर्घटनाको समयमा उनी पनि ट्रकमै रहेको प्रारम्भिक जानकारीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ।घटनाबारे थप अनुसन्धान गर्दै सहचालकको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।