काठमाडाैँ। कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित गुरुकुल इङ्लिस मिडियम स्कुलमा अध्ययनरत एक विद्यार्थीको हाइस गाडीको ठक्करबाट मृत्यु भएको छ।
लम्कीचुहा नगरपालिका–२ को गप्का नजिक विद्यार्थीलाई हाइस गाडीले ठक्कर दिएको प्रारम्भिक जानकारी छ। दुर्घटना गाडी चालकको लापरबाहीका कारण भएको हुनसक्ने बताइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। मृतकको शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ। घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ। दुर्घटनाको वास्तविक कारण र चालकको लापरबाहीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।