काठमाडौँ, नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मीलित लाहोर क्वालेण्डर्स र क्वेटा ग्लाडियटर्सबीचको खेलमा सन्दीपले धमाका मच्चाएका छन्। दुबईमा जारी खेलमा टस जितेर बलिङ रोजेको लाहोरका लागि सन्दीपले ४ विकेट लिएका हुन्।
सन्दीपले ४ ओभरमा मात्र १० रन खर्चेर ड्यानिस अजिजलाई १ रनमा क्याच आउट, उमर अकमललाई १ रनमा बोल्ड आउट गरेका हुन्। त्यस्तै, उनले क्वेटाका लागि ७ रन जोडका बनाएका सेन वाट्सनलाई पहिलो ओभरमै एल्बीडब्ल्यु आउट गराएका थिए।
त्यस्तै सन्दीपले राईली रस्सोलाई आफ्नो दोस्रो ओभरको पहिलो बलमा क्याच आउट गराएका हुन्।