डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।
धनगढीदेखि दार्चुला जाँदै गरेकोे सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल छन् । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप करिब ५०० मिटर तल खसेको जनाइएको छ ।