काठमाडौँ । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ ।
प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।
सरुवा सूची अनुसार काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखहरू पनि फेरिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा दिलिप घिमिरेलाई ल्याइएको छ । घिमिरे प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए।
काठमाडौँका एसएसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा गरिएको छ ।







