काठमाडौँ । अबको केहि दिनमा रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्दै छन् । यसैबिच प्रधानमन्त्री सुशीला कार्कीले बालेनप्रति ठुलो विश्वास रहेको बताएकी छन् । सरकारी सञ्चार माध्यम रासससँगको एक अन्तर्वातामा उनले देशमा केही होला भन्ने आशा सहित बालेनप्रति विश्वास रहेको बताएकी हुन् ।
‘देशप्रति विश्वासको वातावरण बनाउनै पर्छ । प्राकृतिक स्रोतसाधनका हिसाबले अन्यन्तै सुन्दर देश छ । अब द्वन्द्व र तनावको अवस्था नहोस् । सबै मिलेर बस्ने वातावरण बनोस्,’ उनले भनिन् ‘बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेको छु । मलाई बालेनप्रति विश्वास छ । केही होला भन्ने आशा पनि छ ।’
उनले अहिलेको आफु नेतृत्वको सरकानरलाई निर्वाचन गराउने जिम्मेवारी रहेकोले त्यो पूरा भएको समेत बताइन् । उनले नयाँ सरकारले देशका युवालाई रोजगारी दिनुपर्ने बताउदै युवाहरु देशमा बस्ने वातावरण बनाउनुपर्ने बताइन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले चैत १० गतेभित्र नयाँ सरकार गठन हुने बताएका छन्। आइतबार सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै झाले संवैधानिक प्रक्रियाहरू सम्पन्न गर्न समय लाग्ने भन्दै चैत १० भित्र नयाँ सरकार गठन हुने बताएकधा थिए । नयाँ सरकारको प्रधानमन्त्री बालेन्द्र शाह हुने कुरामा कुनै दुईमत नभएको बताउँदै अन्य विषयमा भने छलफल आन्तरिक रुपमा मात्रै भइरहेको उनको भनाई थियो ।