तपाईंले कुनै न कुनै बेला घाँटी दुख्ने वा खसखस हुने अनुभव पक्कै गर्नुभएको होला। धेरै पटक यसले गर्दा केही निल्न गाह्रो हुन्छ र बोल्न समेत मुस्किल पर्छ।
प्रायः हामी यसलाई सामान्य खसखस ठानेर बेवास्ता गर्छौँ। तर कतिपय अवस्थामा यसको पछाडि ‘टन्सिलाइटिस’ को समस्या हुन सक्छ।
टन्सिल हाम्रो शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) को एक महत्त्वपूर्ण अङ्ग हो। यसले बाहिरबाट आउने ब्याक्टेरिया र भाइरसलाई रोक्ने काम गर्छ। तर जब टन्सिलमै सङ्क्रमण हुन्छ, तब सुन्निने र दुख्ने जस्ता समस्या सुरु हुन्छन्। यसैलाई टन्सिलाइटिस भनिन्छ।
टन्सिल के हो ?
टन्सिल घाँटीको पछाडि दुवै छेउमा हुने दुई साना नरम तन्तु हुन्। यी हाम्रो शरीरको प्रतिरक्षा प्रणालीका हिस्सा हुन्।
टन्सिलाइटिस के हो ?
टन्सिलाइटिस त्यो अवस्था हो, जब टन्सिलमा सङ्क्रमण हुन्छ। यसका कारण टन्सिल सुन्निन्छ र रातो हुन्छ। साथै दुखाइ पनि हुन्छ।
टन्सिलाइटिस हुँदा घाँटीमा कडा खसखस हुने, निल्न गाह्रो हुने र ज्वरो आउन सक्छ। कहिलेकाहीँ टन्सिलमा सेतो दाग पनि देखिन्छ। यो समस्या भाइरस वा ब्याक्टेरिया दुवैका कारण हुन सक्छ।
टन्सिलमा भाइरस वा ब्याक्टेरियाको सङ्क्रमण हुँदा यो समस्या देखिन्छ। धेरैजसो मामिलामा रुघाखोकी वा फ्लु जस्ता भाइरल इन्फेक्सन यसको कारण हुन्छन्। केही मामिलामा यो ‘ग्रुप-ए स्ट्रेप्टोकोकस’ ब्याक्टेरिया (सामान्यतया घाँटी र छालामा पाइने ब्याक्टेरिया)का कारण हुन्छ। यो ब्याक्टेरिया अक्सर संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा फैलिन्छ।
टन्सिलाइटिसका प्रमुख लक्षण
- घाँटीमा तीव्र दुखाइ र खसखस
- निल्दा दुखाइ रअप्ठ्यारो हुनु
- टन्सिल सुन्निनेररातो हुने
- टन्सिलमा सेतो दाग देखिनु
- ज्वरो आउनु
- घाँटीको वरिपरि सुन्निने
- आवाज भारी हुनु
- थकानरकमजोरी महसुस हुनु
- बच्चाहरूमा पेट दुख्नेरबान्ता हुने
टन्सिलाइटिसको घरेलु उपचार
डाक्टरको सल्लाहका साथसाथै केही घरेलु उपायले लक्षणहरू कम गर्न मद्दत गर्छन्स्
- मनतातो पानीमा नुन राखेर कुल्ला गर्ने।
- दिनमा १-२ पटक बाफ लिने।
- अदुवा पानीले कुल्ला गर्ने।
- मनतातो पानी र काँढा र सुप पिउने।
- मह र अदुवाको रस लिने।
- अदुवा राखेको तातो चिया पिउने।
कसरी बच्ने ?
टन्सिलाइटिसबाट पूर्ण रूपमा बच्न गाह्रो छ, किनकि यो निकै संक्रामक हुन्छ। तर, सही सरसफाइ र केही सावधानी अपनाएर यसको खतरालाई धेरै हदसम्म कम गर्न सकिन्छ।
- सरसफाइ कायम राख्ने।
- फोहोर हातले मुख र नाक नछुने।
- बिरामी मानिसहरूबाट टाढा रहने।
- खोक्दा-हाच्छ्युँ गर्दा मुख छोप्ने।
- अरूको सामान प्रयोग नगर्ने।
- हरेक ३ महिनामा टुथब्रस फेर्ने।
- खाना जुठो साझा गरेर नखाने ।
- फ्रिजको धेरै चिसो खाना नखाने।
- जंक फुड र बासी खाना नखाने।
- सधैँ पोसिलो आहार लिने।
- ७-८ घण्टा राम्ररी सुत्ने।
- धूम्रपान बिल्कुल नगर्ने।
कस्तो अवस्थामा डाक्टरलाई देखाउने ?
केही विशेष अवस्थामा तुरुन्त मेडिकल सल्लाह लिनुपर्छ। जस्तै :-
- यदि लगातार उच्च ज्वरो आएमा।
- निल्न धेरै गाह्रो भएमा।
- श्वास फेर्न ज्यादा समस्या भएमा।
- मुख खोल्दा दुख्ने वा च्यापिने भएमा।
- टन्सिलमा धेरै सुन्निने वा पीप देखिएमा।
- बच्चाहरूलाई लगातार बान्ता हुने वा पेट दुख्ने समस्या भएमा।