काठमाडौं । कैलालीको टीकापुरमा तालिम गर्दा बेहोस भएपछि उपचारका लागि काठमाडौं ल्याइएका प्रशिक्षार्थीहरूको होस खुलेको छ ।
उपचाररत सबै ६ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको होस खुलेको नेपाल एपीएफ अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सबैको उपचार जारी छ ।
नेपाल एपीएफ अस्पतालका दर्जन बढी विशेषज्ञ चिकित्सकहरू उनीहरूको निरन्तर उपचारमा संलग्न रहेका छन् । तालिमका क्रममा बेहोस हुनेहरूमा प्रशिक्षार्थी जवानहरू बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।