काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
पौडेलले राजीनामा दिएकै कारण सचिव प्रकाश शर्माले बिहीबार केन्द्रीय कार्यसमिति बैठकबारे सूचना जारी गरेका थिए । नयाँ नेतृत्व चयन भएपछि शुक्रबार पहिलो पटक केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।