काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले परम्परागत निर्वाचन क्षेत्र काठमाडौं–४ छाडेका छन्।
थापा यसअघि काठमाडौं–४ बाट संसदीय निर्वाचन लड्दै आएका थिए। तर यसपटक सो क्षेत्रमा कांग्रेसले सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएको छ। सभापति थापा भने सर्लाही–४ मा उम्मेदवारी दिने भएका छन्।
देशभरको टिकट वितरणमा व्यस्त रहँदा थापा सर्लाही पुग्न ढिला हुने भएकाले वारेसमार्फत उम्मेदवारी दर्ताको तयारी भइरहेको छ। उनले आफ्नो मञ्जुरीनामा निर्वाचन कार्यालयमा पठाइसकेका छन्।
काठमाडौं–४ बाट उम्मेदवार बनेका तिमिल्सिना युथ कांग्रेसका संस्थापक सभापति र स्थानीय बासिन्दा हुन्। उनी क्रिकेट कमेन्टेटरका रूपमा पनि परिचित छन्।
आजै मनोनयन दर्ता गर्नुपर्ने भए पनि कांग्रेसले केही क्षेत्रका उम्मेदवार टुंग्याउन सकेको छैन।