काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।
दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । रास्वपाले सो क्षेत्रमा बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।
यस अघि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले झापा-५ बाटै उमेदवारी दर्ता गरिसकेका छन् । अब यो क्षेत्रमा ओली र बालेनबिच मुख्य प्रतिष्पर्धा हुनेछ ।