काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी भर्नाका लागि आवेदन खुलेको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्म २६० भन्दा बढी पदमा दरखास्त आह्वान गरेको हो ।
अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जना माग गरिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले माघ १० गतेभित्र अनलाइनमार्फत् आवेदन दिन सक्ने विज्ञापनमा जनाइएको छ।
नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि पनि विभिन्न पदहरुमा आवेदन फाराम खुलाएको छ ।
