काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अवस्थित प्रधानमन्त्री कार्कीको कार्यकक्षमा भएको भेटमा आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रिय सभाका गतिविधिलगायत समसामयिक विषयमा छलफल भएको थियो।
भेटका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभाको अधिवेशन समयमै आह्वान गर्न आग्रह गर्दै सभाका सदस्यहरूको सुविधा कटौती नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको भूमिकालाई महत्त्वपूर्ण रहेको बताउँदै छलफल गरिएका विषयहरूबारे सरकार सकारात्मक रहेको स्रोतले जनाएको छ।