काठमाडौं । एलिजा गौतम आम जनता पार्टी (आजपा) प्रवेश गरेकी छन् । गत कात्तिकमा जनादेश पार्टीमा लागेकी उनी अब आजपामा प्रवेश गरेकी छन्।
प्रभू साह नेतृत्वको आजपाको केन्द्रीय कमिटी बैठकमा बुधबार उनी सहभागी भएकी छन् । आजपाले उनलाई उपाध्यक्ष बनाएको जनाइएको छ ।
जनादेश र आजपाले फागुन २१ गतेको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एकल चुनावचिह्न मोबाइल प्रयोग गर्ने गरी दल दर्ता गराएका छन् ।