काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालबिच एकता हुने भएको छ ।
दुवै पार्टीबीच भएको अनौपचारिक सहमतिपछि राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले २ पार्टीबिच एकता गर्ने सहमति गरेको छ ।
सहमतिपछि अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततोगत्वा राप्रपा र राप्रपा नेपालबिच एकताको टुंगो लागेको छ। छरिएर रहेका सम्पूर्ण राष्ट्रवादी शक्तिहरुलाई ध्रुवीकरणमा सहभागी हुन हार्दिक आग्रह गर्दछु।’
एकता गर्ने सहमतिलाई औपचारिकता दिन सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । राप्रपा महाधिवेशनबाट लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टी विभाजन गरेका थिए ।