काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री एवम कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि शुक्रबार उपस्थित हुन पत्र पठाएको हो।
आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन तयारीमा लागेको छ ।
लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आयोगले बयानका लागि झिकाउन पत्र काट्ने तयारी गरिरहेको छ ।