काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा सम्मानजनक व्यवहार नभए अप्रिय र नोक्सानदायी परिणाम भोग्न बाध्य हुनुपर्ने बताएका छन्। सोमबार राति सामाजिक सञ्जालमा लामो स्ट्याटस राख्दै पोखरेलले महाधिवेशनले एउटा निष्कर्ष दिइसकेको र त्यसलाई पालना गर्नु सबैको कर्तव्य भएको बताएका छन्।
तर नेतृत्वबाट सबैले आत्मसमर्पण नभई समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गर्ने धारणा राखेका छन्। ‘नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ। सम्मानजनक व्यवहार नहुँदा अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र ?,’ उनले प्रश्न गरेका छन्।
रूपान्तपणका लागि निरन्तर बह, छलफल, आधिकारिक र संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा पाखा नहुने कुराको सुनिश्चितता, विभाजनको दुर्भाग्यपूर्ण कुराको दृढतापूर्वक विरोध नै अहिलेको आवश्यकता भएको उनको बुझाइ छ।