काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले फागुन २१ गते प्रतिनिधि सभा चुनाव नभए के हुने हो भन्ने प्रश्न प्रधानमन्त्री सुशीला कार्कीसामु उठाएका छन्।
प्रधानमन्त्रीको उपस्थितिमा बालुवाटारमा आज निर्वाचन आयोग, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरूसहित सरोकारवालाबीच भएको छलफलमा बस्नेतले चुनाव नहुँदा प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ कि हुँदैन भन्ने जिज्ञासा व्यक्त गरेका हुन्। उनले सरकारले लोकतान्त्रिक प्रक्रिया मिच्दै अध्यादेशमार्फत शासन गरिरहेको आरोप लगाउँदै चुनाव भयरहित र निष्पक्ष हुनुपर्नेमा जोड दिए। साथै, दलका नेतामाथि अझै पनि प्रतिबन्ध लगाइएको भन्दै उनले आपत्ति जनाए।