काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आइतबार अपराह्न बस्दैछ। उक्त बैठकमार्फत सभापति रवि लामिछाने औपचारिक रूपमा पार्टीको काममा फर्कने भएका छन्।
सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा धरौटीमा रिहा भएपछि लामिछाने केही समय पार्टी गतिविधिबाट टाढा थिए। उनी पुर्पक्षका लागि थुनामा परेपछि पार्टीले उपसभापति डिपी अर्याल डोलप्रसाद लाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आइतबारको बैठकबाट लामिछाने विधिवत रूपमा पार्टी जिम्मेवारी सम्हाल्नेछन्। “आजको बैठकमा धेरै कार्यसूची छैन । सभापतिले केन्द्रीय समितिलाई संक्षिप्त सम्बोधन गर्नुहुनेछ।”