काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
शनिबार (पुस ५) काठमाडौंमा आयोजित पार्टीको एकता सन्देशसभामा उनले तोकिएको मितिमा निर्वाचन गराउने कार्यलाई सरकारले कुनै पनि तर्क र बहानामा सार्ने काम गरे सह्य नहुने चेतावनी दिएका हुन् ।
मुलुकमा सहज ढंगले समयमै निर्वाचन होस् भन्ने आफ्नो पार्टीले चाहेको र पछाडि धकेल्ने काम सरकारले गरे त्यसविरुद्ध आफूहरू सडक संघर्षमा जाने उनले उल्लेख गरे ।