जनकपुर । मधेस प्रदेशको सभामुखमा रामआशिष यादवको नाम टुंगो लागेको छ । मधेस प्रदेशका सत्तारुढ दलको बैठकले सभामुखमा यादवको नाममा सहमति जुटाएकाे हो ।
सभामुखका लागि यादवको नाम टुंगो लागेको पूर्व मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज यादवले जानकारी दिए । रामआशिष जसपा नेपालका सांसद हुन् ।
मधेसमा आइतबार सभामुखकाे निर्वाचन हुँदैछ । निर्वाचन तालिकाअनुसार आज ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता हुँदैछ ।