काठमाडौँ । शिक्षामनोविज्ञान तथा स्वास्थ्य विज्ञहरूका अनुसार बिहान सबेरै उठेर अध्ययन गर्ने बानी केवल दैनिक तालमात्र सुधार गर्ने अभ्यास होइन, दीर्घकालीन बौद्धिक क्षमता विकाससँग प्रत्यक्ष सरोकार राख्ने वैज्ञानिक आधारयुक्त व्यवहार हो। रातभरको विश्रामपछि मस्तिष्कको न्यूरोन सक्रियता उच्च हुने भएकाले बिहानको समयलाई संज्ञानात्मककार्यक्षमता–अनुकूल अवधिूका रूपमा व्याख्या गरिन्छ। विशेषज्ञहरूका अनुसार मानव मस्तिष्कले सूचना ग्रहण गर्ने क्षमता समयअनुसार उतार–चढाव देखाउँछ।
बिहानको चरणमा कग्निटिभ अलर्टनेस अर्थात् मानसिक सचेतनाको स्तर बढ्ने भएकाले ध्यान केन्द्रित गर्न र नयाँ ज्ञान आत्मसात गर्न सहज हुने अनुसन्धानले जनाएको छ। शान्त वातावरण, न्यून व्यवधान र जैविक घडी बायोलोजिकल क्लकको प्राकृतिक चक्रले पनि अध्ययनलाई प्रभावकारी बनाउने उद्धृत गरिएका तर्क हुन्। शिक्षाविद्हरू भन्छन्, नियमित रूपमा बिहान अध्ययन गर्ने विद्यार्थीहरूमा स्मरणशक्ति टिकाउ हुने, जटिल विषय बुझ्ने क्षमता बढ्ने र समस्या समाधान गर्ने कौशल विकसित हुने प्रवृत्ति देखिन्छ। उनीहरूका अनुसार बिहानको केही घण्टा उच्च उत्पादकता–किण्डोको रूपमा उपयोग गर्न सके अध्ययन दीर्घकालीन रूपमा सार्थक हुन्छ।
स्वास्थ्य क्षेत्रका विशेषज्ञहरू पनि मानसिक स्वास्थ्य र बिहानको अध्ययनबीच सम्बन्ध रहेको बताउँछन्। उनीहरूको तर्क छ दिनको शुरुवात उत्पादक कार्यबाट भएमा आत्मविश्वासमा वृद्धि, तनाव घट्ने र दिनभर सकारात्मक मनोदशा कायम रहने सम्भावना बलियो हुन्छ सरोकारवालाहरूले बिहान उठेर अध्ययन गर्ने संस्कारलाई केवल परीक्षामुखी अभ्यास नभई जीवनशैली सुधार र बौद्धिक अनुशासनको रूपमै अंगीकरण गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार, व्यवस्थित बिहानको तालिका दीर्घकालीन रूपमा व्यक्तिको निर्णय क्षमता, अनुशासन र लक्ष्यप्राप्तिमा प्रत्यक्ष सहयोगी बन्न सक्छ।