काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्यका लागि पहिले गरिबी अन्त्य गर्नुपर्ने बताएकी छन् ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
उनले गरिबी रहँदासम्म समानता नहुने बताइन् । गरिबी हटाउन भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन ल्याउनुपर्नेमा जोड दिइन् । महिला हिंसा अन्त्यका लागि स्वदेशमा नै रोजगार सिर्जना गर्नुपर्ने बताउदै नेपालमा नै रोजगार सिर्जना गर्न सकेमात्र महिला हिंसा अन्त्य हुने बताइन् । प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएयता नियुक्ति गर्दा महिलालाई प्राथमिकता दिएको समेत बताइन् ।