काठमाडौँ । बीबीसीका अध्यक्ष समिर शाहले संसदीय समितिमा दिएको बयानलाई दिशाहीन र कमजोर भन्दै बेलायती संसदको संस्कृति चयन समितिका प्रमुख क्यारोलिन डाइनिजले बीबीसी बोर्ड सुरक्षित हातमा नरहेको आशंका व्यक्त गरेकी छन्। शाहले सोमबार हाउस अफ कमन्सको समितिमा बयान दिएका थिए। यो बयान बीबीसीमा लगातार उठिरहेको विवादपछि आएको हो, जहाँ निष्पक्षताको प्रश्न उठेपछि संस्थाका महानिर्देशक र समाचार प्रमुख दुवैले राजीनामा दिएका छन्।
डाइनिजले बीबीसीको शासन प्रणालीको केन्द्रमा पर्याप्त नियन्त्रण नदेखिएको जनाउँदै चिन्ता व्यक्त गरिन्। शाहले आफू पदबाट नहट्ने भन्दै बीबीसीलाई स्थिर बनाउने र समस्या समाधान गर्ने वचन दिए। ट्रम्पको भाषणबारे विवादले सुरु भएको मुद्दा बीबीसीले डोनाल्ड ट्रम्पको ६ जनवरी २०२१ को भाषणलाई पानोरोमा कार्यक्रमले सम्पादन गर्दा गरेको त्रुटि सम्बन्धी लीक भएको एक मेमोका कारण नयाँ विवाद उत्पन्न भएको थियो। यसकै प्रभावमा बीबीसीका दुई शीर्ष अधिकारीले राजीनामा दिए, अमेरिकी राष्ट्रपति ट्रम्पले बीबीसीविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिए, र बेलायतका राजनीतिमा पनि आलोचना सुरु भयो।
उहाँले धेरै प्रश्नमा प्रत्यक्ष उत्तर दिनुभएन तर उहाँले भने हामीलाई चाहिएको थियो–बीबीसी बोर्डले छिटो निर्णय कसरी लिन्छ, कसरी कडा कदम चाल्छ भन्ने ठोस प्रमाण तर त्यसको कुनै स्पष्ट संकेत पाइएन फेरी उनले थपिन् कि बीबीसीसँग अहिले महानिर्देशक र स्थायी अध्यक्ष दुवै छैनन्, जसले संस्थालाई नेतृत्वविहीन बनाएको छ। ब्रिटेनको प्रसारण नियामक संस्थाका प्रमुख मेलानी ड’जले पनि बीबीसीको हालको सम्पादकीय निर्णयप्रक्रियामा गम्भीर समस्या रहेको बताइन्।
पानोरोमाले ट्रम्पको लामो भाषणका दुई छुट्टाछुट्टै वाक्यलाई जोडेर प्रसारण गरेको आरोप लागेपछि बीबीसीले धेरै ढिलोगरी माफी मागेको थियो। माफी माग्ने प्रक्रियामा आन्तरिक मतभेदका कारण धेरै समय लाग्यो। बीबीसीले ट्रम्पलाई हिंसा भड्काउने प्रत्यक्ष आह्वान गरेको जस्तो गलत प्रभाव परेको स्विकार गरे पनि ट्रम्पले दाबी गरेको मानहानिको मुद्दा गलत ठहर गर्दै क्षतिपूर्ति दिन अस्वीकार गरेको छ। लीक मेमोका आरोपहरू माइकल प्रेस्कट नामक पूर्व बाह्य सल्लाहकारले तयार पारेको मेमोनुसार,बीबीसी अरबी सेवा द्वारा इस्रायल–गाजा युद्धको रिपोर्टिङमा पूर्वाग्रह ट्रान्स विषयक रिपोर्टिङमा पक्षपात सम्पादकीय व्यवस्थित कमजोरी आदि आरोप लगाइएका छन्। यद्यपि प्रेस्कटले बीबीसी संस्थागत रूपमा पक्षपाती नभएको भने स्वीकार गरे।
अन्य वरिष्ठ व्यक्तिहरूका टिप्पणी यस्तो रहेको छ
सर रोबी गिब्ब :बीबीसी बोर्ड सदस्य हटाउन आफूले राजनीतिक षड्यन्त्र गरेको आरोपलाई पूर्ण रूपमा अस्वकार गरे।
क्यारोलिन थोमसन : ट्रम्प भाषणको सम्पादन पारदर्शी नभएको स्वीकार गरेका छन् ।
क्यारोलिन ड्यानियल : मेमोमा प्रेस्कटले लेखेको विवरण उनको व्यक्तिगत मत मात्र हो, संस्थाको आधिकारिक धारणा होइन
अध्यक्ष शाहको प्राथमिकतामा स्टाफलाई पठाइएको इमेलमा शाहले,नयाँ महानिर्देशक भर्ना गर्नु आफ्नो शीर्ष प्राथमिकता रहेको बताए सम्पादकीय मार्गनिर्देशन समितिको संरचना पुनःसमिक्षा गर्ने, लीक मेमोमा उठेका प्रश्नहरूमा आवश्यक भए थप कारबाही गर्ने जस्ता विषयलाई उल्लेख गरेका छन्।