बारा । बाराको सिमरामा बुधबार भएको झडपको विषयलाई लिएर बिहीबार पनि तनाव भएको छ । जेनजीले प्रदर्शन चर्काउन थालेपछि दिउँसो पौने १ बजेदेखि कर्फ्यू लगाइएको छ ।
बिहीबार बिहान ११ बजेदेखि सिमरा चोकमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् । भीड नियन्त्रणमा लिन सामान्य बल प्रयोग पनि गरेको थियो । स्थिति नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले सिमरा क्षेत्रमा कर्फ्यू लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार बिहीबार दिउँसो १२:४५ देखि साँझ ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको बताए । पथलैयादेखि दक्षिण जीतपुरको ललका पुलसम्म राजमार्गको ५ सय मिटर दाँयाबाँया र एयरपोर्ट क्षेत्रको ५ स मिटर आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको हो । प्रदर्शनका कारण सिमरा क्षेत्रमा यातायात पनि अवरुद्ध बनेको छ । उनीहरुले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।