काठमाडौं । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ । सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो । मंगलबार (मंसिर २) सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्ने गरी कम्प्युटर अधिकृतमा नियुक्ति दिएका छन् । ०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा पत्रकार रजकको ज्यान गएको थियो ।