काठमाडौँ । काठमाडौँको थापाथलीस्थित कालमोचन घाट क्षेत्रमा रहेका अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । आइतबार राम मन्दिर परिसरको ट्राफिक प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरीको टोली पुगेको थियो । तर प्रहरीसँगको संवादपछि महानगरपछि हटेको हो । तर सोही क्षेत्रमा रहेका अन्य संरचनामा डोजर चलाइएको हो ।
प्रहरी प्रभाग भत्काउन डोजर लिएर महानगर प्रहरीटोली त्यहाँ पुगेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नगरप्रहरी नायव उपरिक्षक पूर्णचन्द्र भट्टले सरकारी जग्गामा बिना टेन्डर पसलहरु सञ्चालनमा ल्याइएकोले डोजर चलाएको बताए ।