काठमाडौँ । नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा सहमति जुटेको छ ।
आज बञ्चरेडाँडमै पुगेका शहरी विकासमन्त्री कुलमान घिसिङसँगको छलफलपछि फोहोर फाल्ने विषयमा सहमति जुटेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
उनका अनुसार मन्त्री घिसिङले पहिला गरिएका सहमति १५ दिनभित्र कार्यान्वयन गर्ने सुरू गर्ने प्रतिबद्धता व्यक्त गरेपछि स्थानीय फोहोर फाल्न दिन तयार भएका हुन् ।