काठमाडौँ । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले राजीनामा दिएका छन् । सचिव अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजैदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा दिएका हुन् ।अर्याल २०८० साल वैशाख २१ गते राष्ट्रिय सभाको सचिवमा नियुक्त भएका थिए ।