काठमाडौँ । प्रेस काउन्सिल, नेपालले पत्रकारिता पुरस्कारका लागि दाबी गर्न पत्रकारहरुलाई आह्वान गरेको छ। काउन्सिलले आज सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो।
पुरस्कारका लागि छनोटमा पर्न १५ दिनसम्म निवेदन दिन सकिने सूचनामा उल्लेख छ। पुरस्कार वितरणलाई निष्पक्ष, पारदर्शी र वस्तुनिष्ठ बनाउन यस वर्षदेखि काउन्सिलले पुरस्कारका प्रदान गर्न पत्रकारसँग निवेदन माग गरेको हो।
