काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले सामाजिक सञ्जालमा अष्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रियाबारे फैलिरेहेको भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ ।
ईक्यानका अध्यक्ष शेषराज भट्टराईले कम अंक भए पनि भिसा लाग्ने, भिसाको ग्यारेन्टी दिने, डकुमेन्टेसन र फाइनान्स सबै मिलाइदिने झुटो खबर राख्न थालेपछि विद्यार्थी, अभिभावक र कन्सल्टेन्सीलाई सचेत गराउन उक्त कदम चालिएको बताएका छन् ।
झुटो वाचा गरेर विद्यार्थीलाई विदेश पठाउनु केवल ठगी मात्रै नभएर राष्ट्रको प्रतिष्ठा र सम्पूर्ण शिक्षा परामर्श क्षेत्रको विश्वसनीयतामाथि चोट पुर्याउने काम हो भन्दै भट्टराईले यस्तो गलत अभ्यासले आज मात्र होइन, भोलिको पुस्तालाई समेत असर गर्ने बताएका छन् ।