काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा संसदको आगामी बैठकले समिति गठन गर्ने निर्णय गरेको छ । सोका लागि १५ दिनको समय दिइने बताइएको छ ।
सभामुख र विभिन्न दलका नेताबीच भएको छलफलमा निर्णय भएको छ । कांग्रेसको नेतृत्वमा ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने निर्णय भएको नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।