काठमाडौँ । नेपाली क्रिकेटर मोहमद आदिल आलममाथिको प्रतिबन्ध हटाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार जारी गरेको विज्ञप्तिमा आलममाथिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएको हो ।
२०७९ साल पुसमा सम्पन्न नेपाल टी–२० लिगका क्रममा स्पट फिक्सिङको आरोप लागेपछि क्यानले आदिललाई प्रतियोगिताबाट निलम्बन गरेको थियो ।
क्यानको इन्टिग्रिटी युनिटले आवश्यक अनुसन्धान गरी तयार पारेको प्रतिवेदनका आधारमा प्रतिबन्ध फुकुवा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
