काठमाडौँ, १२ फागुन – शनिबार राति सम्पन्न खेलमा लियोनल मेसीले करियरको ५०औं गोल गर्दै बार्सिलोनालाई जीत दिलाएका छन्। सेभियाको घरेलु मैदानमा भएको खेलको २२औं मिनेटमा नाभासको गोलबाट १–०ले पछि परेको बार्सिलोनालाई ४ मिनेट नबित्दै मेसीले आकर्षक गोलमार्फत खेलमा फर्काएका थिए।
इभान राकिटिचको क्रसलाई १६ यार्डबाट भलीमार्फत सुन्दर गोल गर्दै मेसीले पाहुना टोलीलाई खेलमा फर्काएका थिए। पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी हुँदा बार्सिलोनाले दोस्रो गोल खायो। अर्जेन्टाइन डिफेण्डर मर्काडोले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्त्यमा पुन १ गोलले पछाडि परेको बार्सा पुन मेसीकै गोलमा खेलमा फर्कियो। खेलको ६७औँ मिनेटमा डेम्बेलेको पासलाई जाली चुमाउँदै मेसीले व्यक्तिगत दोस्रो गोल गरे। खेलमा २ पटक तल परेको बार्सिलोनालाई खेलमा फर्काएका मेसीले निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी हुँदा ह्याट्रिक पूरा गरे।
फूटबल करियरमा मेसीको यो ५०औँ ह्याट्रिक हो। जारी सिजन ला लिगामा २५ गोल गरेका मेसीले १४ असिस्टसमेत गरेका छन्। मेसीले सेभियाविरुद्ध गरेको तेस्रो गोल उनको करियरको ६ सय ५०औँ गोल हो। उनले बार्सिलोनाका लागि ५८५ तथा अर्जेन्टिनाका लागि ६५ गोल गरेका छन्।
बार्सिलोनाका लागि चौँथो तथा अन्तिम गोल फरवार्ड लुइस स्वारेजले खेलको इन्जुरी समयमा गरे।
जीतसँगै २५ खेलमा ५७ अंक जोडेको बार्सिलोनाले लिग तालिकाको शीर्ष स्थानमा १० अंकको अग्रता लिएको छ।
https://twitter.com/FutbolBible/status/1099355002685059074
https://twitter.com/BBCMOTD/status/1099355513706434560
https://twitter.com/FCBarcelona/status/1099358656972443648
https://twitter.com/LaLigaEN/status/1099354706462298115