पाल्पा । पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन्।बगनासकाली गाउँपालिका ८ बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पड्किएको हो।
५२ वर्षीया पम्फा घिमिरे घाइते भएको स्थानीय पत्रकार दयाराज न्यौपानेले बताए। घाइतेको अवस्था सामान्य छ। न्यौपानेका अनुसार घाइतेको हात र मुखमा सामान्य चोट लागेको छ। घरमा भने क्षति पुगेको छ।
स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ। खाना पकाउने क्रममा एक्कासी ग्यास पड्किएको हो।