काठमाडौँ । ‘दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०८०’ को आवेदन फारम खुल्ला भएको छ। काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै बिरिसु मिडियाले अवार्डको लागि २०७९ फागुन ६ गतेदेदि चैत ११ गतेसम्म फारम खुल्ला रहने जनाएको छ।
अवार्डको टप ५ नोमिनेसन चैत्र २५ गते शनिबार सार्वजनिक गरिने बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनले बताए।
आवेदन फारम अनलाइनबाट दर्ता गर्नको लागि smsa.birisunews.com मा क्लिक गरी भर्न सकिने र फारम दर्ता शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिनेछ।
अवार्डमा २०७७ चैत २५ गतेदेखि २०७९ चैत ११ गतेसम्म भित्रका गीत संगीतलाई समावेश गरिनेछ। फारम दर्ता शुल्क नेपालबाट १ हजार रुपैयाँ र विदेशबाट १ हजार ५ सय रुपैयाँ लाग्नेछ।
अवार्डमा एसएमएस भोटिङ्बाट आएको अंकलाई ५० प्रतिशत र जुरीको निर्णय ५० प्रतिशत हुने आयोजकले जनाएकाे छ। गीत संगीत, टेलिसियल र त्यससँग सम्बन्धित सबै पक्षलाई समेटेर अवार्ड गर्न लागिएको हाे।