धनुषा, ११ फागुन – आठौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश नं २ को पुरुष ह्यान्डबल टोली चयन भएको छ। शुक्रवार भएको छनोटमा सबैभन्दा बढी आठ खेलाडी सिरहाबाट छनोट भएका छन्। महोत्तरीबाट पाँच तथा धनुषाबाट एक खेलाडी परेका छन्।
सिरहाबाट वमभोल चौधरी, रविन सिंह, परमानन्द सिंह, रोशन चौधरी, राहुल चौधरी, धीरेन चौधरी, सन्तोष चौधरी र देवकान्त चौधरी, महोत्तरीबाट अर्जुन चौधरी, रुजन चौधरी, चन्द्रबिन्दु चौधरी, कमलेशकुमार यादव र सुरजनारायण महतो तथा धनुषाका पवन श्रेष्ठ छन्।