सप्तरी। शम्भुनाथ नगरपालिका ७ मोहनपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.९ प ८१९१ नम्बरको मोटरसाइकल सोमबार अनियन्त्रित हुँदा २८ वर्षीय कपिल चौधरीको मृत्यु भएको हो।
उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।