सुर्खेत। वीरेन्द्रनगरमा आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
मङ्गलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको हो।
आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन्। आन्दोलनलाई साम्य पार्ने प्रयास प्रहरीले गरिरहेको छ। तर आन्दोलनले थप उग्ररुप लिँदै गएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीका अनुसार १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा तैनाथ गरिएको छ।