काठमाडौँ । एकाबिहानै ताप्लेजुङ केन्द्रविन्दु भएको भूकम्प गएको छ।
बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।
भूकम्प ताप्लेजुङ र आसपासको जिल्लामा महशुस गरिएको छ।