काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यमको विषयमा दिएको अभिव्यक्तिप्रति पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार साँझ एक विज्ञप्ती प्रकाशित गर्दै महासंघले लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन तथा पूर्वाग्रहरी आरोप लगाएको भन्दै आपत्ति जनाएको हो । पत्रकार सम्मेलनमा नेता लामिछाने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार गरेका महासंघको आरोप छ ।
