कञ्चनपुर। लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा सोमबार जंगलमा मृत अवस्थामा फेला परेका छन्।
लालझाँडी गाउँपालिका–२ स्थित जंगलको एउटा रुखमा २० वर्षीय मनोज राना झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार राना एउटा रुखको हाँगामा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन्। घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ।
घटनापछि अध्यक्ष राना काठमाडौंबाट फर्किरहेका छन्।