काठमाडौँ । नेपाली पब्लिकका प्रकाशक सुदीपचन्द्र बख्रेल प्राइम टेलिभिजनको विदेश मामिला प्रमुखमा नियुक्त भएका छन् ।
आइतबार प्राइम टेलिभिजनले बख्रेललाई सो जिम्मेवारी दिएको हो । प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले बख्रेललाई सो जिम्मेवारी दिन पाउँदा खुसी लागेको बताए ।
टेलिभिजनको विदेश मामिला प्रमुख जिम्मेवारी समाल्दै बख्रेलले प्राइम टेलिभिजनको लोकप्रियतालाई अझ अगाडी बढाउन र यसको विश्वासलाई अझै कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।