सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
मृत्यु हुनेमा को १७ प ६९४४ नम्बरको मोटरसाइकल चालक बेलबारी नगरपालिका–२ का ३५ वर्षीय हर्क बहादुर राई रहेका छन्। उनको उपचारको क्रममा धरान, घोपामा मृत्यु भएको हो।
शनिबार साँझ प्रदेश १–०२–०४३ प १७१, को.३८प ९२१० र को. १७ प ६९४४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाएर दुर्घटना हुँदा घाइते भएका बराहक्षेत्र–१ का ३३ वर्षीय रञ्जित कार्की, ३५ वर्षीय सुवास श्रेष्ठ, सुन्दरहरैचा–२ का ३८ वर्षीय हेमचन्द्र गुरागाईँ र २६ वर्षीय इन्दिरा गुरुङको धरान घोपामा उपचार भइरहेको छ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।